वीपीको ३९ औं स्मृतिको अवसरमा विराटनगरमा ७ खेलाडीलाई सम्मान

वीपीको ३९ औं स्मृतिको अवसरमा विराटनगरमा ७ खेलाडीलाई सम्मान

विराटनगर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाएर पदक हात पारेका सात जना खेलाडीलाई विराटनगरमा सम्मान गरिएको छ । वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा शुक्रबार विराटनगरमा नेपाली कांग्रेस महानगर समितिले ७ जना खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानका क्रममा १३ औं साग खेलकुदमा ब्याडमिन्टनतर्फबाट महिला टोलीमा कास्य पदक हात पारेकी निता लम्साल, थ्रीस्टार क्लबमा आवद्ध अशोक खवास, भारतमा आयोजित विभिन्न प्रतियोगितामा स्वर्ण पदकधारी एरिजा मारिक, टेबलटेनिसका बोधित डिसी, तेक्वान्दोका नेत्रबहादुर कार्की, करातेबाट सुरज कामत, गोपालमान सिंहलाई ट्रयाकसुट र प्रशंसा पत्र प्रदान गरिएको थियो ।


सम्मानित खेलाडीहरुलाई नेपाली काँग्रेस मोरङ सचिव नागेस काईराला, मेयर भीम पराजुली, नेता राजेश गुप्ता लगायतले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित हुन पाउदाँ खुशी भएको सम्मानित खेलाडी गोपाल सिंहले बताए । यसप्रकारको कार्यक्रमले खेलाडीमा उत्साह भर्ने भएकाले राष्ट्रका लागि खेल्दा पदक हात पार्नु आफ्नो गर्वको विषय भएको सिहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्