भारतमा एकै दिन ५० हजार संक्रमित थपिए

भारतमा एकै दिन ५० हजार संक्रमित थपिए

विराटनग । भारतमा एकै दिन ५० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५० हजार ५२५ जना नयाँ बिरामी थपिएसँगै भारतमा हालसम्म संक्रमित संख्या १४ लाख ३६ हजार १९ जना पुगेको हो ।

ज्यान गुमाउनको संख्या ३२ हजार ८१० छ । नौ लाख १८ हजार सात सय ३५ जना उपचारपछि निको भएका छन् । चार लाख ८४ हजार ४७४ जना उपचाररत छन् । अमेरिकामा हालसम्म संक्रमित संख्या ४३ लाख ७० हजार ५८६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५४ हजार आठ सय ७७ जना नयाँ बिरामी थपिएका छन् ।
कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या एक लाख ४९ हजार आठ सय ३९ पुगेको छ । २० लाख ८९ हजार पाँच सय ५२ जना उपचारपछि निको भएका छन् । २१ लाख ३१ हजार एक सय ९५ जना उपचाररत रहेकोमा १८ हजार नौ सय ८९ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको छ । २४ लाख १९ हजार नौ सय एक जनामा संक्रमण देखिएको छ ।

एकै दिन २३ हजार चार सय ६७ जना संक्रमित थपिएका छन् । १६ लाख ३४ हजार दुई सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । छ लाख ९८ हजार पाँच सय ७५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । विश्वमा हालसम्म एक करोड ६४ लाख दुई हजार छ सय ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै दुई लाख १३ हजार चार सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाकै कारण छ लाख ५१ हजार छ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् ।

एक करोड ३६ हजार पाँच सय ३८ जना उपचारपछि निको भएका छन् । ५७ लाख १४ हजार चार सय ६८ जना उपचाररत रहेकोमा ६६ हजार एक सय ७५ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्