विराटनगरको गुद्री बजारमा हात धुनका लागि धारा जडान

<span class='c1'>विराटनगरको गुद्री बजारमा हात</span> <span class='c2'>धुनका लागि धारा जडान</span>

विराटनगर । विराट व्यापार संघ महिला उप–समितिद्धारा विराटनगरको पुरानो गुद्री बजार प्रवेश गर्ने स्थानमा हात धुने धारा जडान गरिएको छ। विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमबाट बच्नको लागि ट्याङ्की राखेर धारा जडान गरिएको हो ।


समितिले सोमबार हात धुने धारासहित पञ्जा र मास्क पनि वितरण गरेको थियो । त्यहाँका तरकारी तथा फलफुल व्यापारीलाई पाँच थानका दरले मास्क र पञ्जा वितरण गरिएको उप–समिति सचिव सन्जु सापकोटाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि सचेतनामूलक अभियान चलाउँदै आएको समिति अध्यक्ष शान्ता रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्