भारतमा संक्रमित १५ लाख नजिक, अमेरिकामा ढेड लाखको मृत्यु

भारतमा संक्रमित १५ लाख नजिक, अमेरिकामा ढेड लाखको मृत्यु

विराटनगर । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४८४ जना नयाँ बिरामी थपिएसँगै भारतमा संक्रमितको संख्या १४ लाख ८२ हजार ५०३ पुगेको हो ।

भारतमा संक्रमितमध्ये नौ लाख ५३ हजार १८९ जना उपचारपछि निको भएका छन् । चार लाख ९५ हजार आठ सय ६६ जना उपचाररत रहेकोमा आठ हजार ९४४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

हालसम्म भारतमा कोरोनाका कारण ३३ हजार ३४८ जनाले ज्यान गुमाईसकेका छन् ।  विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख ५० हजार चार सय चार जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ५९ हजार पाँच सय ३८ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ४४ लाख ३१ हजार तीन सय ७७ पुगेको छ । २१ लाख ४७ हजार तीन सय ९१ जना उपचाररत रहेकोमा १९ हजार एक सय ४६ जनाको अवस्था गम्भीर छ ।

२१ लाख ३३ हजार पाँच सय ८२ जना उपचारबाट निको भएका छन् । प्रभावित हुनेमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म कोरोनाका कारण ८७ हजार छ सय ७९ जनाको मृत्यु भइसकेको छ । संक्रमित संख्या २४ लाख ४३ हजार चार सय ८० पुगेको छ ।

छ लाख ८८ हजार एक सय ३४ जना उपचारर छन् । संक्रमित मध्ये अरु उपचारपछि निको भई घर फर्किएका छन् । आठ हजार तीन सय १८ को अवस्था चिन्ताजनक छ ।

विभिन्न मुलुकमा संक्रमित हुने र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढीरहेको छ । विश्वमा हालसम्म एक करोड ६६ लाख २८ हजार ३७ संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख १० हजार चार सय १३ जना नयाँ बिरामी थपिएका छन् ।

छ लाख ५५ हजार आठ सय ४५ जनाले ज्यान गुमाइसकेको वाल्डोमिटरले जनाएको छ । एक करोड दुई लाख १७ हजार दुई सय ८९ जना उपचारपछि निको भएका छन् । ५७ लाख ५४ हजार नौ सय तीन जना उपचाररत छन् । ६६ हजार छ सय सात जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्