तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रवारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ ।
मङ्गलबार नै दुई महिनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो ।
तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गरी भन्नुभयो, “सबै मुजाहिद्दीन (तालिबानी लडाकू) लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ ।”
यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताउनुभएको थियो ।