विराटनगर लकडाउन गर्नुपर्ने मत बलियो, भोलि निर्णय हुने संभावना

विराटनगर लकडाउन गर्नुपर्ने मत बलियो, भोलि निर्णय हुने संभावना

विराटनगर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा लकडाउन गर्नुपर्ने मत बलियो हुँदै गएको छ । ट्राभल हिस्ट्री नभेटिएका संक्रमितको संख्या थपिदैं गएका कारण महानगरवासीले लकडाउन गरेर संक्रमण फैलनबाट रोक्नुपर्ने मत जाहेर गर्न थालेका हुन् । यो मत राजनीतिक रुपमा समेत बलियो हुँदै गएपछि शुक्रबार विराटनगर महानगरपालिका सरोकारवाला पक्षसँग बैठक राख्ने तयारी गरेको छ ।

नेकपा महानगर समितिका अध्यक्ष सागर थापाले नगरवासीको सुझावका आधारमा तत्काल लकडाउनमा जानुपर्ने अवस्था सिर्जना भएको बताउनु भएको छ । महानगरको नेतृत्वलाई हामीले लकडाउनमा जानुपर्छ भन्ने सुझावसहित समर्थन दिन्छौं, नेकपाका अध्यक्ष थापाले भन्नुभयो–मेयर वा निर्वाचित जनप्रतिनिधिलाई जस्तै राजनीतिक दलका नेतृत्वकर्तामा नागरिकले लकडाउन गर्नुपर्ने दवाव दिईरहेका छन् ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले राजनीतिक दलका नेताहरुसँग यस अगाडी अनौपचारिक रुपमा छलफल चलाईसक्नु भएको छ । प्रशासन संयन्त्रले लकडाउन गर्नुपर्ने अवस्था आईनसकेको संकेत गरिरहेको भएपनि राजनीतिक पार्टीका नगरस्तरीय नेतृत्वकर्ताले भने महानगरलाई लकडाउनमा लैजानुपर्ने सुझाव दिने भएका हुन् ।

मेयरको मात्रै जिम्मेवारी भन्ने हुँदैन, नेकपामा अध्यक्ष थापाले भन्नुभयो–यो अवस्थामा हामीले महानगरको वैधानिक नेतृत्वलाई सहयोग गर्ने गरि निर्णयमा लैजानेछौं । जोखिम सबैका लागि उतिकै भएकोले नेकपा महानगरले विराटनगर महानगरपालिकालाई लकडाउनमा जानका लागि सुझाव दिने भएको देखिन्छ ।

विराटनगर महानगरपालिकामा हालसम्म ९६ जना संक्रमित फेला परिसकेका छन् । पछिल्लो दश दिनयताका संक्रमितमा भने लक्षण समेत देखिदैं आएको । लक्षणसहितका संक्रमितको ट्राभल हिस्ट्री भने नभेटिने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्