विराटनगरमा सामा चकेवा सांस्कृतिक उत्सव सम्पन्न

<span class='c1'>विराटनगरमा सामा चकेवा</span> <span class='c2'>सांस्कृतिक उत्सव सम्पन्न</span>

विराटनगर । विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर, राजवंशी टोलमा ‘सामा चकेवा सांस्कृतिक उत्सव’ सम्पन्न भएको छ। ‘आफ्नो संस्कृति, आफ्नो पहिचान–सामा चकेवा हाम्रो गौरव र सम्मान’ भन्ने मूल नाराका साथ बिराट राजवंशी सामा चकेवा महिला समूहले उत्सव आयोजना गरेको हो।

पुर्खौंदेखि चल्दै आएको सामा चकेवा पर्वको मौलिकता, महत्व र विशेषतालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता मौलिक पर्व तथा परम्पराको महत्व भावी पुस्ताले समेत बुझ्न र आत्मसात् गर्न आवश्यक छ।

बुधबारदेखि सुरु भएको उत्सवमा सामूहिक सामा चकेवा प्रस्तुति, विशेष पूजा तथा विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम सञ्चालन गरिएको थियो। दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, स्नेह र सम्बन्धको प्रतीकका रूपमा मनाइने सामा चकेवा पर्वले राजवंशी समुदायको सांस्कृतिक पहिचानलाई समेत उजागर गर्दै आएको छ।

उत्सवमा स्थानीय महिला, सर्वसाधारण तथा समुदायका अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशीसहित स्थानीय नेता तथा अगुवाहरूको पनि उपस्थिति रहेको थियो।

मौलिक लोकसंस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा टेवा पुर्‍याउने विश्वाससहित उत्सव आयोजना गरिएको समूहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्