प्रदेशसभाका सभामुख भण्डारी क्वारेन्टीनमा

<span class='c1'>प्रदेशसभाका सभामुख</span> <span class='c2'>भण्डारी क्वारेन्टीनमा</span>

विराटनगर । आफ्नै घरपरिवारका सदस्यलाई कोरोना पोजेटिभ पुष्टि भएपछि प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी क्वारेन्टीनमा बस्नु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।

 

चारदिन अघि ज्वरो आएर परिवारका सदस्यलाई सभामुख भण्डारी घरैमा अलग्गै क्वारेन्टाइनमा बस्न थाल्नु भएको बुझिएको छ । संक्रमित परिवारका सदस्यको ट्राभल हिस्ट्री देखिएको छैन ।

सभामुख भण्डारीसहित परिवारका बाँकी सदस्यहरुको बुधबार स्वाब संकलन गरिएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको सभामुख भण्डारीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्