विराटनगरमा मास्क नलगाउनेलाई जरिवाना र कैद सजाय गर्ने निर्णय

विराटनगरमा मास्क नलगाउनेलाई जरिवाना र कैद सजाय गर्ने निर्णय

विराटगनर । जिल्ला प्रशासन कार्यालय मोरङले मास्क नलगाई हिड्ने नागरिकलाई एक महिनासम्म थुन्न सकिने निर्णय गरेको छ ।
कोभिड–१९ उच्चस्तरीय समिति मोरङको बिहीबार बसेको निर्णय अनुसार स्वास्थ्य सुरक्षा र यातायात सञ्चालन मापदण्ड कार्यन्वयन अनिवार्य गराउने निर्णय गरेको हो ।

ई मिटरको सामाजिक दुरी पालना नगर्ने, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग नगर्नेलाई एक महिनासम्म कैद गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले बिहिबार सार्वजनिक सूचना जारी गर्दै बुधबार बसेको कोभिड १९ उच्चस्तरीय समिति मोरङको बैठकको निर्णय बमोजिम स्वास्थ्य, सुरक्षा र यातायात सञ्चालन मापदण्ड पालना नगर्नेलाई जरिवाना र कैद सजाय गरिने निर्णय गरेको जानकारी दिइएको छ ।

सामाजिक दुरी पालना नगर्ने, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम १ महिनासम्म कैद वा रु १०० जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी उक्त काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्