विराटनगरमा बस दुर्घटना एकको मृत्यु

विराटनगरमा बस दुर्घटना एकको मृत्यु

विराटनगर । विराटनगर ढाट नजिकै कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् ।


मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार विराटनगरबाट धरान जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमरन यातायात अनियन्त्रित भई दुर्घटना भएको हो ।

आरती स्ट्रिप्स अगाडी भएको दुर्घटनामा एकजनाको विराट टिचिङमा उपचारका क्रममा मृत्यु भएको हो । बाँकी घाइतेहरुलाई विराट र नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्