म्याक्स अस्पतालका एकसहित विराटनगरमा दुईजना संक्रमित थपिए

म्याक्स अस्पतालका एकसहित विराटनगरमा दुईजना संक्रमित थपिए

राटनगर । विराटनगर म्याक्स अस्पतालका एकजना विरामीको कुरुवालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । महानगरपालिकामा बिहीबार साँझ थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये एक पुरुष र एक महिलामा रहेका छन् ।

महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमित मध्ये एकजना ३६ वर्षीय म्याक्स इन्टरनेशनल अस्पतालका विरामीको कुरुवा हुन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले विरामीको कुरुवा हुन् भन्ने दावी गरेको संक्रमित अस्पतालका कर्मचारी रहेको स्रोतले बताएको छ ।
अर्कोजना संक्रमित ३० वर्षीया महिला विराटनगर – १५ निवासी हुन् । विराटनगरमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । संक्रमित मध्ये ३० जना उपचार पछि डिस्चार्ज भएका छन् ।

पछिल्लो एक हप्ता साउन ७ गतेयता मात्रै महानगर क्षेत्रमा ६८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये अधिकांशको ट्राभल हिस्ट्री फेला परेको छैन भने कतिपय लक्षणसहितका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्