दुर्घटनामा मृत्यु हुने सहचालक, चालक फरार भएपछि प्रहरी अलमलमा

दुर्घटनामा मृत्यु हुने सहचालक, चालक फरार भएपछि प्रहरी अलमलमा

विराटनगर । बिहीबार राती विराटनगर ढाट नजिकै मोरङको बूढीगंगा गाउँपालिका–२ आरती स्ट्रिप्स अगाडी भएको यात्रु बहाक बस दुर्घटनामा परेर मृत्यु भएका व्यक्ति बसका सहचालक भएको खुलेको छ ।
दुर्घटनापछि चालकको पहिचान गर्न नसकेको प्रहरीले दुर्घटना मृत्यु भएका व्यक्तिलाई नै चालक रहेको आशंका गर्दै आएको छ । तर, उनी दुर्घटनामा परेको बसमा कार्यरत नभएर अर्कै बसका सहयोगी रहेकोको खुलेको हो । उनी अन्नपूर्ण भन्ने बसका सहचालक थिए । खनारसम्म जानका लागि त्यो बसमा चढेको यातायात व्यवसायीहरुले बताएका छन् ।

धनकुटाको साँघुरीगढी गाउँपालिका –७ का २९ वर्षीय जोशन भनिने जसबहादुर राईको दुर्घटनामा परेर मृत्यु भएको थियो । दुर्घटना लगतै विराट अस्पताल पु¥याइएको उनलाई चिकित्सकले मृतक घोषणा गरेका थिए । त्यहि दुर्घटनामा एकजना गर्भवती महिलासहित चार जना घाइते भएका थिए । तीमध्ये दुईको अवस्था गम्भीर छ । अन्दाजी ४० वर्षीया महिला गम्भीर घाइते रहेको र उनको पहिचान खुलेको छैन । विराटमै उपचाररत उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का २५ वर्षीय रामकुमार राई र २८ वर्षीया कल्पना राई, रामप्रसाद राई गाउँपालिकाका–१ की ३५ वर्षीय मुना राई घाइते भएका छन् । प्रहरीकाअनुसार कल्पना पाँच महिनाकी गर्भवती हुन् ।
उनीहरुको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये रामकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इटहरीको भलाई कोषको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस बिहीबार बेलुका दुर्घटना भएको थियो । लामो समय राखेको बसका पार्टपूर्जामा समस्या आएपनि मर्मत बिना नै चलाएका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक लेन छुट्याउन बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्