बुढीगंगामा लागुऔषध कारोबारी र प्रहरीबीच भिडन्त

बुढीगंगामा लागुऔषध कारोबारी र प्रहरीबीच भिडन्त

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ खोरैया बस्तीमा बिहीबार राती लागूऔषध कारोबारी र प्रहरीबीच झडप भएको छ ।
लागूऔषध नियन्त्रणका लागि राती ९ बजे पुगेको प्रहरीमाथि लागुऔषध कारोबारीले आक्रमण गरेका हुन् ।

आक्रमणबाट तीनजना प्रहरी घाइते भएका छन् । उनीहरु सादा पोशाकका ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी हुन् । घाइते उनीहरुको विराट टिचिङ अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जानकारी दिइएको छ । प्रहरीका बस्नेतको टाउकोमा सात टाँका लगाउनु परेको छ ।

प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा गएको टोलिमाथि कारोबारीले आक्रमण गरेका थिए । लागु औषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको सूचना पाएर नियन्त्रणमा लिन गएको टोलीमाथि आक्रमण गरिएको थियो ।

लागूऔषको कारोबारीले आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायरसमेत गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । ‘पहिलो गएको सादा पोशकको टोलीमाथि आक्रमण भएपछि सपोर्टमा थप टोली पठाइएको हो ।

घटनापछि थप प्रहरी परिचालन गरेर प्रहरीले लागूऔषधको कारोबारीसहित घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलराम ऋषिदेव, देव ऋषिदेव, वीरेन्द्र ऋषिदेव, महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेव रहेका छन् । पक्राउ पर्ने बलराम लागूऔषधको कारोबारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले घरमा भण्डार गरि अवैध लागूऔषधको कारोबार गर्ने गरेको बुझिएको छ । बलरामले घरमा अवैध लागूऔषध राखेर विक्री वितरण गर्ने गरेको सूचना पाएपछि नियन्त्रण गर्न उसको घरमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्