विराटनगरमा ११ सहित प्रदेश १ मा ३१ थपिए,

विराटनगरमा ११ सहित प्रदेश १ मा ३१ थपिए,

विराटनगर । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

प्रदेश १ मा आज ६५९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्