लखिरामको घरमा निभेको चुल्हो बलबहादुरले बाले

लखिरामको घरमा निभेको चुल्हो बलबहादुरले बाले

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोला सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम परिवारलाई बिराटनगरका युवा एवं समाजसेवी बलबहादुर बस्नेतले खाद्यन्नसहित लत्ताकपडा सहयोग गर्नु भएको छ ।

तीन वर्षदेखि पेट फुल्ने रोगले पीडित लखिरामको उपचारसँगै घरपरिवारको दैनिक गुजारा समेत समस्या परेको भन्दै आवर विराटनगरले केहिदिन अगाडी समाचार प्रकाशन गरेको थियो । त्यो समाचार पढेपछि लखिरामको अवस्था जानकारी पाउनु भएका बस्नेतले शुक्रबार घरमै पुगेर खाद्यन्न तथा लत्ता कपडा हस्तान्तरण गर्नु भएको थियो ।

बस्नेतले १०० केजी चामल, ५ केजी दाल, ५ केजी नुन, १० केजी आलmु २ केजी प्याज, २ प्याकेट सोयाबीन, ५ लिटर खाने तेल, दुई थान साडी, दुई थान तन्ना, सट, हाफपेन्ट, लुङ्गी, गरि १३ हजार रुपैयाँ बराबरको सामान हस्तान्तरण गर्नु भएको थियो । त्यस क्रममा बस्नेतले राजनीतिक गर्ने व्यक्तिहरुको आलोचना गर्नु भएको थियो । उहाँले असाह्य र गरिबीमा परेकाप्रति राजनीति दल र सरकार गम्भीर नरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

 


बस्नेतसँगै रंगेली नगरपालिकाका कार्यपालिका सदस्य महेश साहले समेत ५ केजी भुजा र एक कार्टुन चाउचाउ लखिराम परिवारले उपलब्ध गराउनु भएको छ ।
घरपरिवारको दैनिक गुजारा चलाउन नसक्ने अवस्थाको परिवारका नेतृत्वकर्ता लखिरामको तीनवर्षदेखि पेट फुलेर स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उपचारका लागि आर्थिक अभावका कारण उहाँ थलिनु भएको छ । श्रीमती डुलरले जनमजदुरी गरेर छोरा र छोरी हेरचाहसहित बिरामी परेर थलिएका श्रीमान्को स्याहार गर्दै आउनु भएको छ ।

यस्तो दुःखमा परेको परिवारलाई बस्नेतले राहत उपलब्ध गराएपछि लखिरामसहित परिवारले हर्षका आँसु खसालेका छन् । घरपरिवारको दैनिक गुजाराका लागि मजदुरीमा हिड्दै आउनु भएकी लखिरामकी श्रीमती डुलरले दुखीको सहयोगी पनि रहेछन् भन्ने लागेको प्रतिक्रिया दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्