जीवनशैलीले निम्त्याउँछ, हाडजोर्नीको ८० प्रतिशत समस्या

जीवनशैलीले निम्त्याउँछ, हाडजोर्नीको ८० प्रतिशत समस्या

एन्जु शिवाकोटी
विराटनगर । बदलिँदो जीवनशैली र नमिल्दो खानपानका कारण पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै जान थालेको छ ।
यदि तपार्इँको दैनिकी बिहान अबेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिई शारीरिक व्यायाम कम गर्नु गर्नुहुन्छ भने तपार्इँ हाडजोर्नी बिरामसम्बन्धी जटिल समस्यामा पर्दै हुनुहुन्छ ।

हाडजोर्नी सम्बन्धी समस्या बुढाबुढी, जवान, केटाकेटी सबैमा देखा पर्ने समस्या दिनप्रतिदिन बढ्दै जादै छ । हाडजोर्नी दुख्ने समस्यालाई हाम्रो समाजमा सामान्य समस्याको रुपमा लिने गरिन्छ । तर, वास्तवमा हाडजोर्नी सम्बन्धी समस्या जटिल समस्या हो । जसका कारण समयमा नै उपचार नहुँदा प्यारालाइसिस भएर मानिसहरु ओछ्यानमै थलिन पनि पुग्छन् ।

शरीरको हड्डी कमजोर हुने, ढाड तथा जोर्नी दुख्ने, मोटोपन बढ्ने, घुँडा दुख्ने समस्या गलत जिवनशैलीको कारण देखा पर्नेगर्छ । सिकिम मनिपाल कलेजका फिजीयोथेरापी डा.रिसव गौतम भन्छन्,‘हड्डीमा एक प्रकारको तरल पदार्थ हुने गर्दछ । शारीरिक व्यायमको कमी तथा सन्तुलित आहर नहँुदा तरल पदार्थ कम हुँदै जान्छ र हाडजोर्नी सम्बन्धी समस्या उत्पन्न हुन थाल्दछ । ’

कमजोर हाडजोर्नीका कारण पलेटी कसेर बस्न नसक्ने, धेरै काम गर्न नसक्ने, ज्यादा थकाईको महशुस हुने जस्ता समस्या देखा पर्ने गौतमले बताए । उनले भने,‘हाड भनेको यस्तो कुरा हो नसको जति प्रयोग ग¥र्यो त्यती बलियो बन्दै जान्छ । त्यसका लागि सन्तुलित आहारमा पनि ध्यान दिन जरुरी छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार ढाड तथा गर्धन दुख्ने र हाडजोर्नी सम्बन्धी ८० प्रतिशत समस्या जीवनशैलीकै कारण हुने गरेको नोवेल मेडिकल कलेजका फिजियोथेरापी डा. प्रनय यादवले बताए । उनले भने,‘पहिला दैनिक ४० देखि ५० जना हाडजोर्नी सम्बन्धी समस्याले आउने गर्दथे भनी हाल दैनिक १सय भन्दा बढी आउने गरेका छन् ।’

समस्या लिएर उपचारका लागि आउने अधिकांश बिरामीहरु लामो समयसम्म उभिएर काम गर्ने, मोबाइल तथा कम्प्युटरको बढी प्रयोग गर्ने, धरै समयसम्म मोटरसाइकलमा नियमित यात्रा गर्ने मानिसहरु बढी आउने गरेको यादवले बताए । प्राय यस्तो समस्या लिएर युवावर्गहरु आउने गरेको उनको भनाइ छ ।

हाल हाडजोर्नी सम्बन्धी समस्या लिएर आउने बालबालीको संख्या पढ्दो रहेको यादवले बताए । पढाइको धेर ैमानसिक तनाव, भारी झोला र लनमो समय निहुरेर पढ्ने तथा मोबाइल चलाउने, सुतेर टिभि हेर्ने, अग्लो सिरानीको प्रयोग गर्ने बालबालिका बढी समस्यामा परेको यादवले बताए ।

शारीरिक क्रियाकलाप कम हुनु,जंकफुड बढी खानु, धूम्रपान गर्नु हाडजोर्नी सम्बधी बिरामका प्रमुख कारकतत्व हुन् । उस्ता समस्याहरु समयमा नसुधारेमा यस्ता समस्याले विकराल रुप लिन सक्ने विशेषयज्ञहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्