विराटनगर । संकलित स्वाब नमूना प्रयोगशालामा परीक्षण पालोमा रहेका कारण शनिबार विराटनगरमा संक्रमित थपिएका छैनन् । संकलन गरिएको स्वाब नमूना परीक्षणको लागि पालोमा बसेपछि शनिबार विराटनगरमा एकजना पनि संक्रमित नथपिएका हुन् ।
पछिल्लो २४ घण्टामा झापा र इलाममा १ महिला र १८ पुरुषगरी १९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ अन्तर्गतका दुई जिल्लामा मात्रै शनिबार संक्रमित थपिएका हुन् ।
एकसाता यता दैनिक संक्रमितको संख्या थपिएका कारण विराटनगर महानगरपालिकाले शुक्रबार रातीदेखि दुईसातासम्मका लागि लकडाउन घोषणा गरेको छ । लकडाउन घोषणा गरेपनि शनिबार स्वाब नमूना संकलन भने भएन । महानगरका जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार प्रयोगशालामा २२० नमूना परीक्षणको लाइनमा रहेका छन् ।
विराटनगर महानगरपालिकामा हालसम्म दुईहजार ६७३ जनाको पीसीआर र एक हजार २०५ जनाको आरडीटी परीक्षण गरिएको छ । हालसम्म १०८ जना संक्रमित र ३० जना डिस्चार्ज भएका छन् । शुक्रबार मात्रै महानगर क्षेत्रका १३ जनामा संक्रमण पुष्टि भएको महानगरको तथ्यांकमा उल्लेख छ । महानगरपालिका क्षेत्र भित्र ४६ जना क्वारेन्टीनमा छन् । अहिलेसम्म ८०७ जना क्वारेन्टीनमा बसेर घर फर्किसकेका छन् ।
शनिबार इलाममा सशस्त्र प्रहरी १ नम्बर गणका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सबै २० देखि ४१ बर्षका पुरुष हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय इलामले ४० जनाका सशस्त्र प्रहरीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १७ को रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । शुक्रबार पनि ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
इलाम सदरमुकामस्थित सशस्त्र प्रहरी १ नम्बर गणका एक डिएसपीसहित संक्रमित सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ ।
संक्रमितहरुलाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा भर्ना गरिने भएको छ ।
शनिबार झापाको विर्तामोड नगरपालिका–६ का ३६ वर्षीय पुरुष र विर्तामोड–३ का २३ वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का प्रयोगशालाले संकलन भएको आधारमा स्वाबको परीक्षण गर्ने गर्दछन् । फस्ट कलेक्सन, फस्ट टेस्टको अवधारणा भएका कारण प्रयोगशालामा स्वाब लाइनमा रहने गरेका छन् र