विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल

विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ ।


एकबर्ष अगाडीदेखी हस्पिटलमा कार्यरत उनी विराटनगर अस्पताल(विराट नर्सिङ) मा समेत कार्यरत रहेका थिए ।
यस अघि विराटनगर अस्पतालका संचालकलाई कोरोनो पोजेटिभ देखिएपछि हस्पिटलका अन्य चिकित्सकहरुको पीसीआर चेकजाँच गर्दा शुक्रबार उनको पनि पोजेटिभ आएको थाहा भएको थियो ।

उनमा कोरोना पोजेटिभ देखिएपछि तत्काल धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको न्यूरो हस्पिटलका डाइरेक्टर रञ्जित बस्नेतले जानकारी दिनुभयो ।

कोरोना पोजेटिभ देखिएका चिकित्सक इमर्जेन्सीमा काम गर्ने भएकाले त्यहाँ कार्याररत अन्य चिकित्सक र विरामीहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्