टोकियोमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

टोकियोमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ ।

जापानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी टोकियोमा सङ्क्रमितको सङ्ख्यामा दैनिक सामान्य वृद्धि हुन थालेको छ । टोकियोमा अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि देखिएको छ । टोकियोमा बिहीबार सङ्क्रमितको सङ्ख्या ३६७ रहेको थियो भने शुक्रबार सङ्क्रमितको सङ्ख्या ४६३ पुगेको थियो ।

अहिलेसम्म जापानमा कोभिड–१९ बाट कूल सङ्क्रमितको सङ्ख्या ३४ हजार ३७२ पुगेको छ भने एक हजार छ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

टोकियोमा सङ्क्रमितको सङ्ख्या १२ हजार ६९१ पुगेको छ भने ३३२ को मृत्यु भएको छ । टोकियोमा सङ्क्रमण देखिएपछि अहिलेसम्ममा झण्डै ५० प्रतिशत व्यक्ति जुलाई महिनामा मात्रै सङ्क्रमित भएका जापानको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

टोकियो र आसपासका क्षेत्रमा अनावश्यक रूपमा घरबाट ननिस्कन र बार तथा रेष्टुरेन्टमा नजान सरकारले आग्रह गरेको छ । यद्यपि सरकारले नियन्त्रणका लागि पहिले गरेजस्तो स्वास्थ्य सङ्कटकालीन अवस्थाको घोषणा तत्काल गरिहाल्ने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्