सामाजिक सेवामा क्रियाशिल धाडेवा

सामाजिक सेवामा क्रियाशिल धाडेवा

करिब ४ दशक भन्दा पनि लामो समय देखि सामाजिक तथा राजनीतिक क्षेत्रमा संलग्न रहेका दिलीप धाडेवाको जन्म वि.सं २०२१ साल बिराटनगरमा भएको हो । भारतको जयपुरमा आफ्नो शिक्षा सकाइ धाडेवा स्वदेश फर्की आफ्नै समाजको लागि केही गर्ने र समाज परिवर्तन गर्ने निधो गरे ।

उनी बताउँछन्–मेरा पूर्वजहरु सबै सामाजिक कामहरूमा निकै अग्रसर थिए, त्यहीदेखि प्रेरणा पाएर म सामाजिक कार्यमा संलग्न भएू । सामाजिक कार्यहरु गर्दै जाँदा राजनीतिक क्षेत्रमा लागेका धाडेवाले नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका छन् । अहिलेका मानिसहरु समाज सेवा भन्दा पनि राजनीति बढी गर्छन्, यो निकै दुःखको कुरा हो । ईमान्दार मान्छेले राजनीति गर्न निकै गाह्रो छ ।

नेपालको राजनीतिमा एक अर्कालाई पन्छ्याएर कसरी अगाडि बढ्ने होड मात्र लागेको छ। धेरै मान्छेहरू आफ्नो निजी स्वार्थ र नाम कमाउन मात्र समाज सेवा गर्छन् तर धाडेवा ूसेवा नै धर्म होू को दृढ विश्वास राखेर बिराटनगरवासीहरूलाई मात्र रु. १० मा भरपेट खाना खुवाउँदै आएका छन् । यो अभियानमा बिराटनगरका धेरै व्यावसायी र समाजसेवी उहाँ सित जुटेका छन् ।

पञ्चायत कालमा वडाअध्यक्ष समेत भइसकेका धाडेवा भन्छन् ूएक त यो महामारी अर्का हाम्रो प्रधानमन्त्रीको बिमारी, यसरी देश चल्ने छैन । नेपाल लाई अब युवा नेताहरुको आवश्यकता छ ।

मोरङ जिल्ला बाट पटक पटक संसाद पदका लागि पनि चुनाव लडि सकेका धाडेवा मोरङ व्यापार संघ र अतिथि सदनका निर्वाचित कार्य समिति सदस्य , जैन स्वेतांम्बर तेरापन्थ सभा बिराटनगरका पुर्व र्निर्वाचित अध्यक्ष र हालै नेपाली कांग्रेसका महासमितिका सदस्य हुनुहुन्छ ।
दिलीप धाडेवाले सधैं आफ्नो कामहरुले बिराटनगरवासीहरूलाई निकै गर्व गराएका छन् ।

 

                                                                                                                                                       प्रेम पारख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्