अत्याधिक भीड लाग्ने नापीका दुई कर्मचारीमा पोजेटिभ, मालपोतका कर्मचारी पनि जोखिममा

अत्याधिक भीड लाग्ने नापीका दुई कर्मचारीमा पोजेटिभ, मालपोतका कर्मचारी पनि जोखिममा

विराटनगर । नापी कार्यालय विराटनगरमा कार्यरत खरिदार र कार्यालय सहयोगी कर्मचारीलाई कोरोना भाईरस पुष्टि भएको छ ।
आइतबार नापीका दुई दुईजना पुरुष कर्मचारीसहित विराटनगरका १३ जनामा कोरोना पुष्टि भएको हो ।
कार्यालयका पाँच कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा शुक्रबार पठाइएको थियो । परीक्षणका क्रममा दुईजनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नापी र मालपोत कार्यालयमा अत्याधिक भीड लाग्ने गरेको थियो । नापीका कर्मचारीमा जस्तै मालपोतको बाहिर बस्ने लेखापढी संघका पदाधिकारीमा समेत लक्षण मिल्ने खालको समस्या देखिएपछि स्वाब नमूना संकलन गरिएको छ ।

त्यसपछि मालपोत कार्यालयका कर्मचारीको पनि स्वाब संकलन गरिएको छ । तर, त्यो स्वाबको परीक्षण रिपोर्ट आईनसेकेको मालपोतका कार्यालय प्रमुख नगेन्द्र पौड्यालले जानकारी दिनुभयो । अत्याधिक भीड लाग्ने दुवै कार्यालय आइतबार खुल्ला भएपनि सेवाग्राहीको काम गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार नै संघीय सरकारको इकाई मालपोतका प्रमुख पौड्याले के गर्ने भन्ने विषयमा राय माग्नु भएको थियो । त्यसको कुनै यकिन निर्णय भने भएको छैन । संक्रमण पुष्टि भएको अवस्थामा कार्यालय सिल गरिने प्रमुख पौड्यालले जानकारी दिनुभयो ।
आइतबार विराटनगरका विभिन्न वडाका ४ महिला र ४ पुरुषमा समेत कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये कोसी अस्पतालकै स्वास्थ्यकर्मी समेत छन् ।
महानगरका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले १३ जनाको रिपोर्ट पोजेटिभ आएपनि सबैको विवरण यकिन भईनसकेको बताउनुभयो ।

केहि दिन अघि यस विषयमा सचेत गराउदै ओबिले प्रशारण गरेको भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्