विराटनगरका साथीले कटहरीका साथीलाई सारे कोरोना

विराटनगरका साथीले कटहरीका साथीलाई सारे कोरोना

विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले शनिबारदेखि लकडाउन घोषणा गरेको छ । महानगरले लकडाउन लागु गरेको हिजो शनिबार एकजना पनि संक्रमित फेला परेनन् । कारण, संकलन भएको स्वाब नमूना ल्याबमा परीक्षणको लाइनमा थियो ।

बिहीबार र शुक्रबार संकलन गरिएको स्वाबमा परीक्षण गरिएकामध्ये आइतबार १३ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगरसँगै कटहरी गाउँपालिकामा पुगेर स्वाब संकलन गराएका एकजना युवामा पनि संक्रमण पुष्टि भएको खुलेको छ ।

कटहरी गाउँपालिकाका मेयर रामकुमार कामतका अनुसार बाबु र छोरा काठमाण्डौं जानका लागि स्वास्थ्य चौकीमा स्वाब संकलन गराएकोमा छोरामा कोरोना संक्रमण पोजेटिभ आएको हो । छोरासँगै रहेका विराटनगरका साथीले पनि कटहरी–२ को ठेगाना टिपाएर स्वाब संकलन गराएका थिए, उनमा पनि पोजेटिभ आएको छ, कामतले भन्नुभयो–कुनै समस्या नदेखिदाँ पनि कोरोना संक्रमण पुष्टि भयो ।

कटहरीका युवाले विराटनगरका युवासँग सम्पर्क बढाएका कारण संक्रमण पुष्टि भएको हो कि भन्ने आशंका गरिएको अध्यक्ष कामतको भनाई छ । काठमाण्डौं जानु थियो भनेर गराएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ, धेरै विराटनगरतिर गईरहने कै पोजेटिभ आयो, अध्यक्ष कामतले भन्नुभयो–पोजेटिभ आएपछि घरका अन्य परिवारलाई होम क्वारेन्टीनमा राखेर स्वाब संकलनको वातावरण मिलाईदैछ ।

विराटनगरमा अत्याधिक भीडभाड हुने सेवा प्रवाहका कार्यालयहरुमा संक्रमणको जोखिम बढेको छ । विराटनगरका विराट अस्पताल, कोशी अस्पताल, न्यूरो अस्पताल र म्याक्स अस्पतालमा समेत संक्रमित भेटिएका छन् । यद्यपी म्याक्स अस्पतालमा भेटिएका संक्रमित विरामीको कुरुवा रहेको दावी गरिएको छ ।

त्यस बाहेक अत्याधिक भीडभाड हुने नापी कार्यालय विराटनगरमा समेत आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ प्रहरी कार्यालयका कार्यरत प्रहरीहरुमा संक्रमण फैलिएपछि कार्यालय रेडजोनमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्