कटहरी गाउँपालिकाका अध्यक्ष कामत होम क्वारेन्टीनमा

कटहरी गाउँपालिकाका अध्यक्ष कामत होम क्वारेन्टीनमा

विराटनगर । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत होम क्वारेन्टीनमा बस्नु भएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ आएपछि अध्यक्ष कामत र परिवार क्वारेन्टीनमा बस्नु भएको हो ।

आइतबार आएको परीक्षण रिपोर्टमा एकजना परिवारका सदस्यलाई कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । कटहरी स्वास्थ्य चौकीमा स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमध्ये मेरो परिवारमा समेत एकजना संक्रमित देखिएको छ, अध्यक्ष कामतले भन्नुभयो–गाउँपालिकावासीलाई सचेत र संयम् रहनका लागि आग्रह गर्दछु ।

अध्यक्ष कामतको पनि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । तर, उहाँको भने नेगेटिभ रिपोर्ट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्