प्रेम सञ्जेल कुटपिटमा संलग्न दुई महिला कर्मचारीमाथि अनुसन्धान. पाँचदिन म्याद थप

प्रेम सञ्जेल कुटपिटमा संलग्न दुई महिला कर्मचारीमाथि अनुसन्धान. पाँचदिन म्याद थप

विराटनगर । श्रम तथा रोजगार कार्यालयका प्रमुख एवं उपसचिव प्रेमप्रसाद सञ्जेललाई कुटपिट गर्ने दुई महिला कर्मचारीलाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।
कार्यकक्षमै शनिबार कुटपिट गर्ने महिला कर्मचारी नेत्रा भट्टराई निरौला र मेनुका (गंगा) कोइराला विरुद्ध अभद्र व्यवहारमा कसुरमा म्याद थप गरि अनुसन्धान थालिएको हो ।

सञ्जेलले दिएको जाहेरीका आधारमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । दुवै महिलालाई आइतबार जिल्ला प्रशासन कार्यालय मोरङबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको प्रवक्ता राईले बताउनुभयो ।
कार्यालय प्रमुख सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गर्ने गरेको, अनावश्यक रुपमा काममा दलाउने गरेको र जिम्मा नै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएकोले घटना भएको दुवैजना महिला कर्मचारीले दावी गरेका छन् ।

शनिबार दिनभर जिल्ला प्रहरी कार्यालयमा घटनाको मिलापत्रका लागि पहल भएको थियो । तर, सञ्जेलले मिलापत्र गर्न अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चलेको हो । दुवै महिला कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्