विराटनगरको सुढी बस्तिमा प्रहरीमाथि तस्करको हमला

विराटनगरको सुढी बस्तिमा प्रहरीमाथि तस्करको हमला

विराटनगर । विराटनगर–१५ रानीस्थित सुढी बस्तिमा निगरानी गर्न गएको प्रहरी टोलीमाथि भएको छ । भारतबाट तस्करी गरेर सामान ल्याएको सुचनाका आधारमा निगरानी गर्न पुगेको प्रहरी टोलिमाथि तस्करीमा संलग्न युवाहरुले हमला गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापासहितको टोलि शनिबार बेलुका ८ बजेको समयमा निगरानी गर्दै पुगेको थियो । त्यस क्रममा स्थानीय केही युवाहरुले हमला गरेको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरुको जमातले गरेको हुलदङ्गाबाट इलाका प्रहरी कार्यालय रानीको ना १ झ १३ ४८ नम्बरको गाडीमा क्षति पुगेको छ । गाडीको अगाडीको भागको सीसामा क्षति पुगेको प्रवक्ता मोरङ प्रहरीका  मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरीले तस्करी र प्रहरीमाथि हमला गर्न संलग्न रहेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेहरुमा २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव छन् । तस्करी र आक्रमणमा संलग्न रहेका कुशल गुप्ता फरार भएको प्रवक्ता राईले जानकारी दिनुभयो । गुप्ता प्रहरीमाथि आक्रमणका लागि उक्साउने व्यक्ति समेत रहेको प्रहरीले ठहर गरेको छ ।

पक्राउ परेका दुवैलाई शान्ति सुरक्षामा अवरोध गरेकाले अभद्र व्यवहार कसुरमा म्याद थप गरि मुद्दा चलाईने भएको छ । शुक्रबार राती मोरङको बुढीगंगा १ मा लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न जादा स्थानीयले प्रहरीलाई आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्