विराटनगरको न्यूरो अस्पताल लकडाउन

विराटनगरको न्यूरो अस्पताल लकडाउन

विराटनगर । न्यूरो–कार्डियो मल्टिस्पेसियालिटी अस्पताल व्यवस्थापन विराटनगरले सम्पूर्ण सेवाहरु बन्द गरेर अस्पताललाई पूर्ण रुपमा लकडाउन गरेको छ । न्यूरो अस्पताल कोभिड–१९ व्यवस्थापन समितिले आकस्मिक सूचना जारी गर्दै अस्पताल भित्रका विरामीलाई यथास्थितिमा राखेर अस्पतालमा नयाँ विरामी भर्ना नलिने भएको हो ।

अस्पतालले आकस्मिक एवं बहिरंग (ओपीडी) सेवा समेत बन्द गरेको निर्देशक रन्जित बस्नेतले जानकारी दिनुभयो । भर्ना भएका ४० को हाराहारीका बिरामीलाई यथास्थितिमा राख्ने छौं, निर्देशक बस्नेतले भन्नुभयो–अस्पतालका बिरामीसहित अस्पताल प्रशासन मातहत रहेका ३५० स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन गरिने छ ।

अस्पतालले कन्ट्याक्ट ट्रेसिङलाई सहज बनाउनका लागि यो निर्णय गरेको दावी छ । न्यूरोको आकस्मिक कक्षका एकजना मेडिकल अफिसर शुक्रबार संक्रमित भएपछि अस्पतालले शनिबार आकस्मिक कक्ष सिल गरेको थियो । त्यसपछि ७१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । प्राप्त भएका केहिको रिपोर्ट नेगेटिभ आएको छ, बस्नेतले भन्नुभयो–हामीले पूर्ण सुरक्षाका लागि यो निर्णय गरेका छौं, जसले समुदायमा संक्रमण फैलन दिदैंन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्