भारतका गृह मन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका गृह मन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतीय संघीय सरकारका गृह मन्त्री अमित शाहलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री शाहले आइतबार ट्वीटरमार्फत आफूलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ ।

मन्त्री शाहले आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न आग्रहसमेत गर्नुभएको छ ।

शाहले ट्वीट गर्दै भन्नुभएको छ, “केही लक्षणहरूको आधारमा गरिएको परीक्षणले मलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएको छ । सङ्क्रमणका बावजुद पनि मलाई अन्य शारीरिक समस्या देखिएको छैन । तर स्वास्थ्यकर्मीको सल्लाहमा म आफूलाई अस्पतालमा भर्ना गर्दैछु ।”

उहाँले भन्नुभयो, “विगतका केही दिनहरुमा मेरो सम्पर्कमा आएका व्यक्तिहरु पनि तुरुन्तै एक्लै बस्न र परीक्षण गर्नुहुन आग्रह गर्दछु ।” शनिबार मात्रै उत्तर प्रदेशमा मन्त्री कमला रानीको लखनउमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको थियो । उहाँको सङ्क्रमण पुष्टि भएपछि लखनउस्थित एक अस्पतालमा भर्ना गरी उपचार गर्दै गर्दा मृत्यु भएको थियो ।

भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरस सङ्क्रमण दर निकै बढेको सरकारी तथ्याङ्कले देखाएको छ । भारतमा आइतबारसम्ममा १७ लाख ६१ हजार १६६ जना सङ्क्रमित भएका छन् भने अहिलेसम्म ३७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा सङ्क्रमण दर जुलाईमा अत्यधिक वृद्धि भएका देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्