प्रदेश सरकारका उच्च ओहोदाका व्यक्तिसहित परिवारका तीनजनामा कोरोना संक्रमण

प्रदेश सरकारका उच्च ओहोदाका व्यक्तिसहित परिवारका तीनजनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ सरकारका उच्च ओहोदाका व्यक्तिसहित उहाँका तीनजनाको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ।
विराटनगर–५ निवासी तीनजनाको परिवारमा संक्रमण पुष्टि भएको हो । श्रीमान्, श्रीमती र छोरालाई नै संक्रमण पुष्टि भएपछि तीनैजनालाई अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ ।

प्रदेश १ मा सरकार तथा सरकारको उच्च ओहदाका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको यो पहिलो केस हो । सरकारको उच्च ओहोदाको व्यक्तिको आउजाउ मुख्यमन्त्री कार्यालयमा समेत हुने भएका कारण सरकारस्तरीका अन्य पदाधिकारीमा समेत संक्रमणको जोखिम बढ्ने संभावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्