वन र खोलाबाट रातभरी तस्करी

वन र खोलाबाट रातभरी तस्करी

विराटनगर । उत्तरी मोरङका निषेधिन वन क्षेत्रमा रातभर अवैध उत्खनन् हुने गरेको छ । प्रहरी र वनका कर्मचारीलाई छलेर रातभरको समयमा तस्करीमा प्रयोग गरिने सवारी प्रहरीको फन्दामा परेपछि यस्तो रहस्य खुलेको हो ।

प्रहरीले सोमबार बिहान साढे ५ बजे लेटाङ नगरपालिका–३ चिसाङ खोलाबाट ढुङ्गा उठाउँदै गरेको अवस्थामा को २ त ८५९३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ । व्यक्ति नियन्त्रणमा नलिएपनि प्रहरीले पछिल्ला दिनमा धमाधम खोला र वन क्षेत्रमा अवैध उत्खनन्मा प्रयोग गरिएका साधन भने नियन्त्रणमा लिदैं आएको छ ।

केराबारी गाउँपालिका–८ स्थित खदम खोला आसपासको वन क्षेत्रमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले आइतबार (हिजो) बिहानका राति २ बजे चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
बिहानका राति ढुंगा लोड गरिरहेको अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिइएपछि रातको समयमा अवैध उत्खनन् मौलाएको प्रहरीले आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक ऋषिराज ढकालको नेत्रृत्वमा गएको प्रहरी टोलीले को २ त ६७५७, ९८१२, ७०७८ र ७१२५ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको ट्रयाक्टर आवश्यक कारबाहीका लागि प्रहरीले आइतबार नै वन कार्यालयमा बुझाएको छ । नियन्त्रणमा लिन प्रहरीले घेरा हालेको चाल पाएर ढुंगा तस्करीमा संलग्नहरु भने फरार भएको र उनीहरुको खोजी तीव्र बनाइएको प्रहरीको दावी छ ।
अहिले खोला तथा नदीजन्य पदार्थ ओसारपसार गर्न रोक लगाइएको छ, प्रहरी निरीक्षक ढकालले भन्नुभयो –यही मौकामा तस्करीमा संलग्नको नजर पूर्ण रुपमा निषेधित मानिने वन क्षेत्रमा लागेको छ ।

दिउँसोको समयमा सुरक्षाकर्मीलाई छल्न गाह्रो हुने भएपछि रातको समयमा वन क्षेत्रको उत्खनन् गर्ने गिरोहले अवैध उत्खनन् गरिको धेरै स्थानहरु पाइएका छन् ।

सव–डिभिजन वन कार्यालय केराबारीका प्रमुख विक्रम अमात्यले वन क्षेत्रलाई निषेधित मान्दै कानुनले उत्खनन्का लागि पूर्ण रुपमा रोक लगाएकोले संलग्नहरुलाई हदैसम्मको सजाय हुने दावी गर्नुभयो । प्रहरीले पक्राउ गरेर बुझाएका ट्रयाक्टरमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उहाँले प्रहरीसँग समन्वय गरेर ट्रयाक्टर नम्बरका आधारमा तस्करीमा संलग्नको पनि खोजी भइरहेको बताउनुभयो । तस्करीमा संलग्न गिरोलाई नियन्त्रणमा लिइसकेपछि वन ऐन २०७६ अनुसार कारबाही अघि बढाइने अमात्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्