विराटनगरका एलिट र सामाजिक अगुवाको सुझाव : प्रदेश बाहिरको तरकारी र माछा प्रतिबन्ध 

विराटनगरका एलिट र सामाजिक अगुवाको सुझाव : प्रदेश बाहिरको तरकारी र माछा प्रतिबन्ध 

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमण न्यूनीकरण र रोकथामका लागि देश र प्रदेश बाहिरबाट आयात हुने माछा तथा तरकारीलाई पूर्ण प्रतिबन्ध लगाउन विराटनगरका बुद्धिजीवि तथा सामाजिक अगुवाहरुको सुझाव छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलेलाई एलिट क्लवमार्फत विभिन्न १८ वटा सामाजिक संघसंस्थाले बुझाएको १० बुँदे सुझावमा भारत र देश भित्रकै अन्य प्रदेशबाट हुने आयातमा खाद्यवस्तुमा कडाई गरिनुपर्ने उल्लेख छ ।

विराटनगर महानगरलाई कोभिड १९ संक्रमण र रोकथाम तथा नियन्त्रणका लागि महानगरले तत्काल आवश्यक पहल गर्नुपर्ने माग गर्दै बुद्धिजीवि तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले यसका लागि तीन तहको सरकारबीचको समन्वय आवश्यक रहेको औंल्याएका हुन् ।

महानगरमा देखिएको संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ गर्ने र जोखिमपूर्ण एरिया तोक्ने र प्राथमिकीकरण गरेर पीसीआर परीक्षण गराउनु पर्ने सुझाव दिइएका हुन् । यसैगरी अस्पताल, कृषिकार्य र अत्यावश्यक सेवाका काममा आउजाउ गर्ने नागरिकलाई सहज आउजाउ बनाउने, सीमानाकामा कडाई र लुकीछिपी आउनेजानेका लागि सीसी क्यामेरा निगरानी तत्काल व्यवस्था गर्न माग गरिएको छ ।

बुद्धिजीविहले छिमेकी जिल्लाबाट सवारी पास प्रयोग गरेर विराटनगर भित्रनेको विवरण राख्ने र संख्या सार्वजानिक गर्ने, विराटनगर भित्रका अस्पतालमा भर्ना हुने विरामी र कुरुवाको लगत राख्ने, भारतबाट वैधानिक रुपमा प्रवेश गर्ने व्यापारी तथा अन्य नागरिकको तथ्यांक राख्ने जस्ता कामहरु गर्न सुझाव दिएका छन् ।

यसैगरी विराटनगर महानगरपालिकासँग जोडिएका स्थानीय तहहरू (जहदा, कटहरी, बुढीगङ्गा, ग्रामथान र बर्जु गाउँपालिका) सँग समन्वय गरी तरकारी, दूध, श्रमिक जस्ता अति आवश्यकीय वस्तु वा सेवाको प्रवाहलाइ व्यवस्थित गर्नका लागि आग्रह गरिएको छ । यस्तो कार्यका लागि सहज आवागमन र अत्यावश्यक वस्तुको वितरण गर्दा समुदायमा संक्रमण फैलिनबाट रोक्न आवश्यक कार्ययोजना तयार गर्न समेत सुझाव दिइएको छ ।

साना, मझौला उद्योग व्यापार संचालन गर्ने, दैनिक ज्यालादारीमा अधारित भइ जीविकोपार्जन गर्ने तथा अति विपन्न समूह पहिचान गरी अवस्था हेरेर राहत वा खाना उपलव्ध गराउनका लागि समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्