विराटनगरका अस्पताल संक्रमणको केन्द्र, प्रहरीदेखि न्यायधीवक्तासम्म संक्रमित

विराटनगरका अस्पताल संक्रमणको केन्द्र, प्रहरीदेखि न्यायधीवक्तासम्म  संक्रमित

विराटनगर । सोमबार मोरङमा मात्रै ४६ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा थपिएका ५६ जनामध्ये ४६ जना मोरङका हुन् । थपिएकामध्ये २२ जना महानगरपालिका छन् ।
विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभेटिएका संक्रमित थपिने क्रम बढेको छ । समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा भएको महानगरपालिकामा २२ जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ ।

संक्रमितहरु अति भीडभाड हुने क्षेत्रका र भीडभाडमा गईरहनु पर्नेहरु छन् । प्रदेश प्रहरी कार्यालयका ७ जना, प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुढमणी आचार्यसहित उनको परिवारका अन्य दुई सदस्य समेत छन् ।

यसैगरी विराटनगरको न्यूरो हस्पिटलका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी पनि छन् । कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ ।

मोरङको रंगेली नगरपालिकामा पनि २२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो ।
कटहरी गाउँपालिकामा २ जना महिलामा संक्रमण देखिएको छ । उता सुनसरीमा ५ जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । इटहरीमा ३, धरान र इनरुवामा १र१ जनालाई संक्रमण देखिएको हो ।
झापामा ५ जनालाई संक्रमण देखिएको छ । झापाको अर्जुनधारमा ४ पुरूष र बिर्तामोडमा १ महिलामा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्