मालपोत र नापी कार्यालय ७२ घण्टा सिल, प्रोटोकल बनाएर लकडाउन कडाई

मालपोत र नापी कार्यालय ७२ घण्टा सिल, प्रोटोकल बनाएर लकडाउन कडाई

विराटनगर । मालपोल र नापी कार्यालय विराटनगरको ७२ घण्टासम्म सेवा रोकेर सिल गरिने भएको छ ।
जिल्लास्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले दुई कार्यालयको सेवा ७२ घण्टा रोकेर डिस्सइन्फेक्टेड गर्ने निर्णय गरेको हो ।


नापी कार्यालयका दुईजना कर्मचारीमा शुक्रबार संक्रमण पोजेटिभ देखिएको थियो । मालपोत कार्यालय बाहिर लेखापढी गरेर बस्ने एकजनालाई पनि हिजो शुक्रबार नै बुढीगंगाबाट संक्रमण पुष्टि भएको थियो ।
मालपोत कार्यालयका प्रमुख नगेन्द्र पौड्यालका अनुसार सोमबार कार्यालय बन्द नै रह्यो । मंगलबार र बुधबारको समेत सेवा रोकिने भएको हो ।

मोरङ प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले विराटनगर महानगरपालिकाले आह्वान गरेको लकडाउनलाई प्रभावकारी बनाउन प्रोटोकल तयार गर्ने निर्णय भएको जानकारी दिनुभयो । व्यापार, उत्पादन र सेवा क्षेत्रको प्रोटोकल तयार गरेर लकडाउन कार्यन्वयन गर्ने निर्णय गरेको हो ।

त्यसको जिम्मेवारी महानगरपालिकालाई नै दिइएको छ । महानगले तयार पारेको प्रोटोकलका आधारमा जिल्ला प्रशासनले लकडाउन कार्यन्वयनमा सहजीकरण गर्नेछ ।

यसैगरी मोरङमा संक्रमित राख्नका लागि आईसोलेशन अस्पतालको संख्या बढाउने निर्णय गरिएको छ । यसका लागि चाँडै नयाँ स्थानको छनौट गरिने र प्रदेश सरकारसँग परामर्शबाट टुङ्ग्याईने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्