विराटको आकस्मिक सेवा सुरु

विराटको आकस्मिक सेवा सुरु

विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले आकस्मिक सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका सञ्चालक एवं चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि दुई सातादेखि बन्द अस्पतालको सेवा सोमबारदेखि सुचारु गरिएको हो ।

अस्पतालका संचालकसहित र अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पोजेटिभ देखिएपनि अस्पताल डिस्इन्फेक्टेड गरेर सेवा सुरु गरिएको छ । हाललाई आकस्किम मात्रै सेवा सञ्चालन गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते अस्पताल सिलल गरेको थियो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको स्वाब संकलन गरि पीसीआर प्रविधिबाट परीक्षण गरि अस्पताललाई पूर्णरुपमा सेनिटाइजिङपछि सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले जानकारी दिनुभयो ।

अस्पताल सिल गरेपछि हामीले यहाँ कार्यरत सम्पूर्ण कर्मचारीको स्बाव संकलन गरेका थियौं,’ बिनाडीले भन्नुभयो–रिपोट पोजेटिभ आउने कोडिभ अस्पताल र नेगेटिभ आएका स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा रहेका छौं । अस्पताल पूर्णरुपमा सञ्चालन गर्न आफूहरु तयार भए पनि नेपाल चिकित्सक संघ कोशी शाखाले जारी गरेको विज्ञप्तिलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्म आकस्मिक सेवा मात्र सञ्चालनमा ल्याइएको विनाडीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्