मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि

मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि

विराटनगर । विराटनगर–५ निवासी ७७ वर्षीय पुरुषको सोमबार मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार सोमबार बिहान स्वास्थ्य समस्या देखिएर अस्पतालमा भर्ना भएका बृद्धको दिउँसो मृत्यु भएको थियो ।

कोशी अस्पताल आईसोलेशन वार्डका प्रमुख डा.लक्ष्मीनारायण यादवले १० बजे उपचारका लागि भर्ना भएका विरामीको स्वासप्रस्वासमा समस्यासँगै हल्का ज्वरो देखिएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना हुँदाताका अक्सिजनको मात्रा ६५ मात्रै मापन गरिएको चिकित्सकहरुले बताएका छन् । संकलन गरिएको स्वाबको नतिजा आउनु पूर्व नै उनको मृत्यु भएको थियो ।

मृतकका परिवारका सदस्यहरु काठमाण्डौंमा बस्दै आएको बुझिएको छ । श्रीमती र उनी विराटनगरमा बस्दै आएका थिए । छोरा समेत अमेरिकाबाट भर्खरै नेपाल फर्केका थिए ।

मोरङमा सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषको यस अगाडी मृत्यु भएको थियो । प्रदेश १ का १४ जिल्ला अन्तर्गत मोरङका दुईजनाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । सुनवर्षीका संक्रमितको धरानस्थित वीपी प्रतिष्ठानमा मृत्यु भएको थियो । वीपीमै प्रदेश २ का दुईजनाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्