संक्रमणका कारण मृत्यु भएका पुरुषको लास व्यवस्थापन तयारी

संक्रमणका कारण मृत्यु भएका पुरुषको लास व्यवस्थापन तयारी

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास व्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको छ ।
नेपाली सेनाले बडी डिस्पोज टोलिले लासको व्यस्थापन गर्ने तयारी गरिरहेको कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिनुभयो ।

जिल्लास्थित कोभिड क्राइसिस मेनेजमेन्ट समितिको निर्णय अनुसार लास व्यस्थापन स्थानीयस्तरमा वा कुनै सुरक्षित क्षेत्रमा गरिने भएको छ । कोशीको आईसोलेशन वार्डमा हिजो मृत्यु भएका विराटनगरका पुरुष र राती मृत्यु भएका उदयपुरका पुरुषको लास राखिएको छ ।

विराटनगरका मृतकका परिवारको अन्य सदस्यको हिजो स्वाब संकलन गरिएको र हाल होम क्वारेन्टीनमा रहने गरि घर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्