विराटनगरका ११ जनासहित थप ४३ मा कोरोना संक्रमण पुष्टि

विराटनगरका ११  जनासहित थप ४३ मा कोरोना संक्रमण पुष्टि

विराटनगर । विराटनगरमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोशी अस्पतालका स्टाफ दुईजना नर्स र एकजना सफाई कर्मचारीसहित विराटनगरमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् ।
मंगलबार मोरङमा २० जना र प्रदेश १ मा ४३ जना नयाँ संक्रमित थपिएका हुन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङमा मंगलबार देखिएको संक्रमित मध्ये १५ पुरूष र ५ जना महिला छन् ।

कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दासका अनुसार कोशी अस्पतालमा मंगलबार तीनजना संक्रमित थपिएका हुन् । कोशीका तीन कर्मचारीसहित विराटनगरमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

मंगलबार विराटनगर ७ निवासी २६ वर्षीया महिला, विराटनगर ८ निवासी ३० वर्षीया महिला, विराटनगर ११ निवासी ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक (बाबुछोरा) , विराटनगर १२ निवासी ३३ र ३२ वर्षीय पुरुष, विराटनगर १३ का ३२ वर्षीया महिला र विराटनगर १४ का पुरुष छन् ।

यसैगरी झापामा ८ जना पुरूषमा संक्रमण पुष्टि भएको छ । सुनसरीमा ११ पुरूष र १ महिला गरि जम्मा १२ जना, इलामा २ पुरूष र जिल्ला नखुलेका १ जना कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्