संक्रमणबाट मृत्यु बृद्धको लास डिस्पोज, उदयपुरका मृतक पुरुषमा नेगेटिभ

<span class='c1'>संक्रमणबाट मृत्यु बृद्धको लास डिस्पोज,</span> <span class='c2'>उदयपुरका मृतक पुरुषमा नेगेटिभ</span>

विराटनगर । कोशी अस्पताल विराटनगरमा मंगलबार बिहान मृत्यु भएका उदयपुर बेलका–१ का बेदप्रसाद न्यौपाने कोरोना संक्रमित नभएको पुष्टि भएको छ ।
मृत्युपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड–१९ नेगेटिभ आएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्यासँगै हल्का ज्वरोका कारण विराट मेडिकल कलेजमा उपचारका लागि आएका उनलाई कोरोना आशंका गर्दै कोशी अस्पताल पठाइएको थियो ।

कोशीमा भर्ना हुनु पूर्व एम्बुलेन्सबाट झार्ने क्रममा उनको मृत्यु भएपछि बिहान स्वाब संकलन गर्दा नेगेटिभ आएको हो । ज्वरो, रिँगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उपचारका लागि उदयपुरबाट विराटनगर ल्याइएको हो । संक्रमण पुष्टि नभएपछि उनको लास परिवालाई जिम्मा दिइएको छ ।

यसैगरी सोमबार दिउँसो कोशीमा मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय वृद्धको परिवारका अन्य सदस्यको कोरोना संक्रमण नेगेटिभ आएको छ । वृद्धको श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
रिपोर्ट नेगेटिभ आएका कारण सुरक्षितसाथ ‘होम क्वारेन्टाइन’मा बस्नेगरी उनलाई पठाइएको छ । मृतक बृद्धको नेपाली सेनाले टोलिले मोरङको कानेपोखरीमा बडी डिस्पोज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्