विराटनगर विमानस्थलबाट भदौ १ देखि उडान

विराटनगर विमानस्थलबाट भदौ १ देखि उडान

विराटनगर । गत चैत ११ गतेदेखि बन्द रहेको विराटनगर विमानस्थलबाट आगामी भदौ १ गतेदेखि उडान सुरु गर्ने तयारी पूरा भएको छ । विमानस्थल सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिएको विमानस्थल प्रशासनले जानकारी दिइएको हो ।

चैत ११ गतेपछि बन्द भएको विमानस्थलको फेरिफेरीबाट झाङझोडी र झारपात सरसफाईसहित उडानको लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरिएको छ ।
विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले बन्दाबन्दीको अवधीमा मेडिकल र नागरिक समेत गरेर ३६ उडान भएको जानकारी दिनुभयो । चैत ११ गतेपछि साउन १६ सम्ममा स्वास्थ्य सामाग्री तथा नागरिक समेतले प्रयोगमा ३६ उडान र अवतरण भएका हुन् । साविक समयमा दैनिक १६ वटा उडान र अवतरण हुने गरेका थिए ।

विमानस्थलमा पूर्ण स्वास्थ्य सतर्कतासहित सञ्चालनको लागि आवश्यक प्रक्रिया पूरा गरिएको बताउँदै प्रमुख सिटौलाले स्वास्थ्य सुरक्षा प्रोटोकलमा विशेष ध्यान र ख्याल राखिने दावी गर्नुभयो । विमानस्थल सञ्चालन हुनुपूर्व कार्यरत ५० कर्मचारी तथा सुरक्षा निकायको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने छ ।

कर्मचारीको पीसीआर परीक्षणपछि विमानस्थल प्रशासनको परिसरलाई सेनिटाइजिङ गरिने र यो नियमित प्रक्रियामा पर्ने बताइएको छ । यात्रुको चापलाई हेरेर थप आवश्यक व्यवस्थापनका कामहरु गर्दै लगिने उहाँको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्