विराटनगरका बैंकमा लाग्ने भीड कोरोनाको जोखिम

विराटनगरका बैंकमा लाग्ने भीड कोरोनाको जोखिम

विराटनगर । विराटनगर महानगरपालिकाले क्ष्ँोत्रमा बैंकको सेवालाई अनलाइन प्रणालीमार्फत जोड दिन आग्रह गरिएको छ । विराटनगर महानगरपालिकाले बैंकमा लाग्ने भीडले कोरोना संक्रमण जोखिम बढाएको भन्दै अनलाइन भुक्तानी कारोबार गरिदिन अनुरोध गरेको हो ।

भौतिक रुपमा हुने सेवा प्रवाह बन्द गर्न बैंक तथा वित्तिय संस्थालाई महानगरले आग्रह गरेको छ । संक्रमण नियन्त्रण एवं रोकथामका लागि साउन १६ गतेबाट महानगर क्षेत्रमा दुई साताका लागि ‘लकडाउन’ घोषणा गरेको छ । तर, महानगरले घोषणा गरेको लकडाउन फितलो भएको भन्दै आलोचना समेत भएको छ ।

बैंक तथा वित्तिय संस्थामा सेवाग्राहीको भीडभाड भइरहेको र यसले जोखिम बढाएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाद्वारा सार्वजानिक सूचनामा उल्लेख गरिएको छ ।

भौतिक रुपमा हुने नगद कारोबारलाई बन्द गरेर एटीएम, स्मार्ट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट सेवा प्रवाहलाई प्रवद्धन गर्न महानगरले आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्