सनराइज बैंक कर्मचारीले कार्यालयमै आत्माहत्या गरिन्

<span class='c1'>सनराइज बैंक कर्मचारीले</span> <span class='c2'>कार्यालयमै आत्माहत्या गरिन्</span>

विराटनगर । सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् ।

विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

दिउँसो १ बजे कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बाँकी पक्षमा प्रहरी अनुसन्धान सुरु गरेको र लास पोष्टमार्टमका लागि पठाइको छ ।

उनको ब्यागमा सुसाइड नोट भेटिएको र प्रहरीले त्यसका आधारमा अनुसन्धान गरिरहेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्