विराटनगर । विराटनगर महानगरपालिकामा भित्र बुधबार ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार महानगर क्षेत्रमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महानगरमा ७ पुरुष र ४ महिलामा संक्रमण देखिएको हो । उनीहरुको साउन १८ र १९ साउनमा गरिएको स्वाब संकलन गरिएको थियो ।
संक्रमित हुनेनमा विराटनगर–११ का ३ जना, विराटनगर–७ का ३ जना, विराटनगर–३ का २ जना, विराटनगर–१७ का २ जना र विराटनगर–५ का एक जनामा संक्रमणा पुष्टि भएको हो ।
यससँगै विराटनगरमा संक्रमितको संख्या १६९ पुगेको छ । जसमध्ये एक जनाले ज्यान गुमाइसकेका छन् ।