कोशीमा बुधबार दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु

<span class='c1'>कोशीमा बुधबार दुईजनाको कोरोना</span> <span class='c2'>संक्रमणका कारण मृत्यु</span>

विराटनगर । कोरोना संक्रमणबाट बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । विराटनगर ९ का एकजना  र मोरङको रंगेली ८ का पुरुषको मृत्यु भएको हो ।

कोशी अस्पतालमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको दिउँसो साढे १ बजे र रंगेली–८ निवासी पुरुषको अस्पताल ल्याईपु¥याउँदा मृत्यु भएको कोशी आइसोलेशन वार्डका इन्चार्ज डा.लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

कोशी अस्पतालका मेडिकल सुपरिेटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार दुवैको स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको हो ।
मोरङमा बुधबार मात्र मोरङमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्लामै ४ पुगेको छ ।

गत सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो । त्यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्