विराटनगर। गृह मन्त्रालयले विराटनगरसहित देशभरका १५ जिल्लामा लगाएको निषेधाज्ञा जारी गरेको विषय जिल्ला प्रशासन कार्यालय मोरङले जानकारीमा नरहेको बताएको छ ।
जिल्ला वा जिल्ला भित्रका निश्चित क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले लगाउनु पर्ने निषेधाज्ञाको विषयमा गृह मन्त्रालयको हवला दिएर सार्वजानिक भएको सुचनाको विषयमा जानकारी नभएको बताइएको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कसरीले स्थानीय प्रशासन सञ्चालन ऐन अन्तर्गत गरिने निषेधाज्ञा गृह मन्त्रालयले जारी गर्न नसक्ने बताउनुभयो ।
उहाँले भुलबस गृह मन्त्रालयले अन्य क्षेत्रमा जारी गरिएको निषेधाज्ञाको सूचि बनाउँदा विराटनगरको समेत नाम उल्लेख गरेको हुनसक्ने बताउनुभयो । गृहको सूचिका आधारमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु समेत प्रकाशित भएका थिए ।