ग्रामिण इलाकाका नाकाबाट हरियो मटरको तस्करी

<span class='c1'>ग्रामिण इलाकाका नाकाबाट</span> <span class='c2'>हरियो मटरको तस्करी</span>

विराटनगर । तेस्रो मुलुकबाट पैठारी गरिएको हरियो मटर मूल भन्सारबाट नेपाल भित्र्याएका व्यापारीले ग्रामिण क्षेत्रका नाकाबाट भारत कटाउन थालेका छन् ।

विराटनगर क्षेत्रका सहायक नाकाहरुमा बढी चेकजाँच हुन थालेसँगै मोरङको ग्रामिण इलाकाका नाका प्रयोग गरेर तस्करहरुले हरियो मटर कटाउन थालेका हुन् ।

मोरङ प्रहरीले मोरङको धनपालथान गाउँपालिका–२ पौठाबाट भारततर्फ लैजादैं गरेको ६ हजार २५० केजी हरियो मटरसहित को १ ख ४८८७ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिइएको छ । पाँचलाख मूल्य बराबरको मटर भारततर्फ लैजादैं गरेको सुचनाका आधारमा सीमा प्रहरी चौकी मायागञ्ज र रंगेली प्रहरी कार्यालयको टोलि समेत खटाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार प्रहरीले पिछा गरेपछि चालक फरार भएका थिए । बरामद गाडीसहितको मटर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । अनुसन्धानका क्रममा धनपालथान–२ का दिलिप साहले मटर तस्करी गरेर निकासी गराउँदै गरेको खुलेको छ ।

दिलिप साह बुधनगरबाट तस्करीको लाइन चलाउने जितु साहको सम्पर्कमा रहेका व्यक्ति हुन् । विराटनगरको केहि उद्योगीहरुसहित जितु साह र धनपालथानका दिलिप साहहरुले त्यहाँको प्रहरीसँगको मिलेमतोमा लाइन चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्