प्रदेश नं १ : यस वर्ष बाढी, पहिरो र चट्याङबाट १६ को मृत्यु

<span class='c1'>प्रदेश नं १ : यस वर्ष बाढी,</span> <span class='c2'>पहिरो र चट्याङबाट १६ को मृत्यु</span>

यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अंकुश तामाङ, करण थामी, र अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई तथा रामधुनी–७ सुनसरी निवासी दीपेश लिम्बू र मन्दीप लिम्बू छन् ।

दीपेश र मन्दीपको अरिङ्गालले टोकेर तथा अन्यको पहिरो, बाढी र रुखले किचेर मृत्यु भएको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् । उहाँहरु गत असार २८ गते भारी वर्षाका कारण पहिरामा परी बेपत्ता भएको उपसचिव थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्