मोरङ क्याम्पसमा हाँजिर गर्न पुग्नै पर्ने बाध्यता

<span class='c1'>मोरङ क्याम्पसमा हाँजिर गर्न</span> <span class='c2'>पुग्नै पर्ने बाध्यता</span>

एन्जु शिवाकोटी
विराटनगर । कोभिड १९ संक्रमितको संख्या विराटनगरमा बढ्दै गएपछि विराटनगर महानगरपालिकाले साउन १६ गते पुनः लकडाउन जारी ग¥यो । साउन ३० गतेसम्म जारी रहने लकडाउनमा अतिआवश्यक बाहेकका काममा बाहिर नसिस्कन नगरपालिकाले आग्रह गरेको छ । यस्तो महामारीको अवस्थामा पनि पूर्वाञ्चलको शैक्षिक धरोहरका रुपमा रहेको महेन्द्र मोरङ क्याम्पसका कर्मचारीहरु हाँजिर गर्न पुग्नै पर्ने बाध्यतामा छन् ।

यस विषयमा प्रशासन मौन रहेको गुनासो गर्छन् प्राध्यापक मोहन सुवेदी । मंगलबार सामाजिक संजाल आफ्नो फेसबुक पेजमा क्याम्पस जानु पर्ने बाध्यताले स्वाथ्यप्रति चिन्ता लागेको स्टाटस लेख्दै उहाँले गुनासो व्यक्त गर्नुभयो । बुधबार ओबीसँग टेलिफोन सम्पर्कमा कुरा गर्दै, सबै त्रिविका क्याम्पस बन्द रहेपनि तीनसय भन्दा बढी प्राध्यापक र कर्मचारी भएको यस क्याम्पसका सबै कर्मचारीहरु जोखिम मोलेर हाँजिर गर्न आउन बाध्य रहेको गुनासो गर्नुभयो ।

यस विषयमा महेन्द्र मोरङ क्याम्पस प्रमुखकोे कुरा अर्कै रहेको छ । पुरानो पद्धतिका प्राध्यापक तथा कर्मचारीहरु भएका कारण अनलाइन हाजिरको व्यवस्था गर्न समस्या परिरहेको छ । त्रिभुवन विश्वविद्यालयको निर्णय नआउँदासम्म लकडाउनमा बिदा बस्न नमिल्ने क्याम्पस प्रमुखको भनाई छ । तर, हाँजिर गर्नका लागि कुनै समय आउँदा हुने उहाँको भनाई छ ।

विराटनगरकै स्नातकोत्तर क्याम्पसले लकडाउन अवधि भरी सबै प्राध्यापक तथा कर्मचारीहरुलाई अतिआवश्यकका काम बाहेकको लागि क्याम्पस नआउन सुचना जारि गरेको छ ।

क्याम्पस प्रमुख महेश खत्रीले लकडाउन पुनः सुरु भएपछि कसरी काम गर्ने भन्ने विषयमा केन्द्रीय कार्यालयसँग छलफल गरेर अनलाइन मार्फत गर्न सकिने काम घरबाटै गर्ने र अन्य अति आवश्यक कामका लागि सिमित व्यक्तिमात्र क्याम्पसमा उपस्थित हुने निर्णय गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्