विराटनगरमा मन्त्री कार्कीसहित उच्च पदस्थहरु संक्रमणको जोखिम नजिक

विराटनगरमा मन्त्री कार्कीसहित उच्च पदस्थहरु संक्रमणको जोखिम नजिक

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की कोराना संक्रमणको उच्च जोखिम नजिक रहनु भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवसहित उनका सुरक्षाकर्मीलाई समेत कोरोनाको संक्रमण पुष्टि भएपछि एउटै बैठकमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कार्कीसमेत संक्रमण जोखिम नजिक रहनु भएको हो ।

साउन १४ गते काठमाडौंमा प्रदेश प्रहरी व्यवस्थापनसम्बन्धि आयोजित बैठकमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसहित प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । त्यहि बैठकमा सहभागीमध्ये प्रदेश २ का मन्त्री यादवको पीसीआर जाँच गर्दा बुधबार राती रिपोर्ट पोजेटिभ आएको हो ।

बैठकमा सहभागी भएर साउन १६ गते प्रदेश १ फर्किनु भएका मन्त्री कार्कीको त्यसपछि विभिन्न व्यक्तिहरुसँगको भेटघाट समेत रहनु भएको छ । बिहिबार मन्त्री कार्कीको सचिवालयले साउन १६ यता भेटघाट भएका व्यक्तिहरुलाई सतर्क रहन आग्रह गरेको हो ।

प्रमुख स्वकीय सचिव कमल पौडेलले यस्तै हुन्छ भन्ने अवस्था नरहेको हुँदा माननीय मन्त्रीज्युसँग २०७७ साल साउन १६ गते यता भेटघाटमा रहनु भएका सम्पुर्णलाई पनि सतर्क रहन आग्रह गर्नु भएको हो ।

पौडेलले केही लक्षण देखिए स्वास्थ्य संस्थाको सम्पर्कमा आउन हुन पनि अनुरोध गर्नु भएको छ । मन्त्री कार्कीले कोरोनाको कुनैपनि लक्षण नदेखिएका कारण बिहिबार अपरान्हसम्म पीसीआर परीक्षण गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्