विराटनगरको गोल्डेन अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो, आकस्मिक सेवा बन्द

विराटनगरको गोल्डेन अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो, आकस्मिक सेवा बन्द

प्रेम देवान
विराटनगर । गोल्डेन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक विभाग सिल गरिएको छ । साउन २० गते अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

चारजनाबाट संकलित स्वाब परीक्षण गर्दा ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको हो । तीन दिन अगाडी संकलन गरिएको स्वाब नमूनाको नतिजा आज (बिहीबार) आउँदा एकजना कर्मचारी र दुईजना स्वास्थ्यकर्मीमा पोजेटिभ देखिएको गोल्डेन अस्पतालका प्रशासन प्रमुख सन्तोष मेहताले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालको आकस्मिक विभाग र डाईलासिसमा काम गर्ने २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि तत्कालका लागि आकस्मिक र डाइलासिस विभाग बन्द गरिएको छ । कोरोना संक्रमित काम गर्ने स्थानमा तत्काल डिस्इन्सफेक्सन र सेनिटाईज गरेर तत्कालका लागि बन्द गरिएको हो ।

अस्पताल प्रशासनले सुचना टाँसेर आजको मितिदेखी अर्को सुचना जारी नगरेसम्म बन्द रहने जनाएको छ । यस अघि विराटनगर अस्पताल, न्युृरो अस्पताल, कोशी अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना पोजेटिभ देखिएको छ ।
यता मोरङ सहकारीले समेत आकस्मिक बाहेक अन्य सेवाहरु बन्द गरेको छ । मोरङ सहकारीसहित अर्को अस्पतालमा कार्यरत एकजना मेडिकल अफिसरमा संक्रमण पुष्टि भएपछि बुधबार अस्पतालका अन्य कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।

स्याब संकलन गरिएका एकसय जनामध्ये केहिलाई संक्रमण पुष्टि भएको सुचना प्राप्त भएकोले अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको हो । अस्पतालका सञ्चालक विकास अधिकारीले कतिजनामा पोजेटिभ देखियो भन्ने यकिन विवरण प्राप्त नभएपनि केहिमा पोजेटिभ छ भन्ने सुचना पाएकोले अस्पतलाको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको दावी गर्नुभयो ।

स्वाब संकलन गरिएका स्वास्थ्यकर्मी, कर्मचारी तथा चिकित्सकलाई बुधबारदेखि नै होम क्वारेन्टीनमा रहन आग्रह गरिएको छ । यस अगाडी मंगलबार नै स्वाब संकलन गरिएका १२ जना कर्मचारी तथा स्वास्थ्यकर्मीको भने बुधबार नेगेटिभ आएको थियो । प्रदेश १ का प्रमुख न्यायधिवक्ताको सम्पर्कमा रहेका आधारमा अस्पतालका सञ्चालकसहित केहि स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्