रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिकाको मुख्य बजारमा एकै घरका १४ जना लाई कोरोना पुष्टि भएपछि तीनवटा वडालाई साउन २५ गतेसम्म सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकाको ७, ८ र ९ नम्बर वडालाई २५ गतेसम्म सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम गरिने भएको हो ।
नगरपालिका अन्तर्गत वडा नम्बर १, २, ३, ४, ५, र ६ मा लकडाउन गर्ने निर्णय भएको छ । रंगेलीमा समुदायस्तरमै कोरोना देखिएलगतै बुधबार रंगेली नगरपालिका ८ का एक ४५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो ।
बिहीबार बसेको कोभिड क्राइसिश मेनेजमेन्टको नगरतीयर बैठकले मृतक संग कन्ट्याक रहेकाहरुको स्वाब संकलन र परीक्षण गर्नका लागि तीन वटा वडालाई सिल गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले जानकारी दिनुभयो ।
यस अगाडी रंगेली अस्पतालका ३ जना, नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारी र एकै परिवारका १४ जना सहित २२ जनामा कोरोना पोजेटिभ देखा परेको थियो ।
अस्पताल र प्राधिकरणका कर्मचारीमा संक्रमण देखिएपछि रंगेलीमा संक्रमण समुदायस्तरमा जानसक्ने चिन्ता बढाएको छ । ट्राभल हिस्ट्री नभेटिएका कारण स्रोत पहिचानमा तनावको अवस्था आएको हो ।