कोरोनाको केन्द्र बन्दै अस्पताल, अत्याधिक भीड लाग्ने क्षेत्र बन्द (सच्याइएको)

कोरोनाको केन्द्र बन्दै अस्पताल, अत्याधिक भीड लाग्ने क्षेत्र बन्द (सच्याइएको)

विराटनगर । अत्याधिक भीड लाग्ने भएपछि रेस्मा सेकुवा कर्नरलाई बुढीगंगा गाउँपालिकाले सचेत रहँदै सञ्चालन गर्नका लागि आग्रह गरेको छ । रेस्माले शुक्रबारदेखि केहि निश्चित समय बाहेक आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै बन्द राख्ने जनाएको छ । (यस अगाडी सञ्चालक समेत कोरोना संक्रमित भएको भन्ने विषय असावधानीपूर्वक उल्लेख हुन गएकोमा क्षमा प्रार्थी छौं : संपादक) सेक्ुवा कर्नरका सञ्चालकले यस्तो हालसम्म केहि नभएको भन्दै उहाँले खण्डन गर्नु भएको छ । ।

 

मोरङ सुन्दरहरैंचा नगरपालिकाको हरैंचा चौकमा लगाइएको पुराण र भेला भएर गाइएको भजन नै संक्रमण फैलनका लागि आधार बनेको दावी गरिएको छ ।

लकडाउनपछि विराटनगरका अस्पतालमा कार्यरत चिकित्सकदेखि स्वास्थ्यकर्मी र कर्मचारीसम्म संक्रमित रहेका छन् । यति मात्रै नभई सुरक्षाकर्मी समेत उतिकै मात्रामा संक्रमित भइरहेका छन् ।
विराटनगरका अस्पताल त संक्रमण फैलाउने केन्द्र बनेका छन् । चार महिनासम्म फाट्फुट् देखिएको संक्रमणलाई वेवास्ता गर्दाको परिणाम समुदायस्तरमा संक्रमण जानसक्ने संभावना बढेको देखिन्छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेश मेहता उच्च जोखिम क्षेत्रको पेसामा आवद्धहरुमा संक्रमणले तिव्र रुप लिएको बताउनुहुन्छ । समुदायस्तरमै संक्रमण नफैलिईसकेको दावी गरिएपनि दोस्रो चरण पार गर्ने अवस्थामा पुगेको बताउन थालिएको छ । संकलन गरिएको स्वाब परीक्षणका क्रममा दैनिक गुणात्मक रुपमा संक्रमितको संख्या बृद्धि नहुनुलाई समदायस्तरमा नगएको मान्नुपर्ने आधार सम्बन्धित क्षेत्रका सरोकारवालको दावी छ ।

तर, समुदायस्तरमा संक्रमणसँगै नागरिकको मृत्यु समेत हुन थालेको छ । अहिलेसम्म मोरङमा मात्रै चारजनाको मृत्यु कोरोना संक्रमणका कारण भईसकेको छ । विराटनगर ५ र ९ का दुईजना, रंगेली र सुनवर्षीका १–१ पुरुषको मृत्यु भएको हो ।

पछिल्लो समय विराटनगरका अस्पतालहरु नै कोरोना संक्रमणको केन्द्र बन्नुमा साँघुरो ठाउँमा बढेमानका घरमा सञ्चालन गरिएका अस्पतालदेखि कार्यरत स्वास्थ्यकर्मीको डुलुवा जागिरलाई समेत मानिएको छ । एकजना स्वास्थ्यकर्मी दुईभन्दा बढी अस्पतालमा कार्यरत रहनुपर्ने बाध्यताले संक्रमण सजिलै अस्पतालहरुमा फैलिदैं गएको मानिएको छ । यद्यपी स्वास्थ्यकर्मी तथा चिकित्सकले परीक्षण गरेका र उनीहरुले छोएका बिरामीको अवस्थाको विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

कोशीमा कार्यरत नर्स निजी अस्पताल विराटमा समेत आंसिक कार्यरत रहेका कारण संक्रमण एक अस्पतालबाट अर्को अस्पतालमा पुगेको देखिन्छ । कोशीमा कार्यरतरहि विराटका सञ्चालक एवं स्त्री तथा प्रसुती विशेषज्ञसँग अप्रेशन थिएटरमा आंसिक कार्यरत नर्स समेत संक्रमित भएकी थिइन । उनी कोशी समेत काम गर्ने स्वास्थ्यकर्मी भएका कारण एक अस्पतालबाट अर्को अस्पतालसम्म संक्रमण फैलाउने माध्यम बन्नु स्वभाविक हो ।

विराटनगरको विराटबाट सुरु भएको संक्रमण कोशी, न्युरो र म्याक्स, गोल्डेन र मोरङ सहकारीसम्म विस्तार भईसकेको छ । बिहीबार मात्रै विराटनगरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकसहित ११ जनामा संक्रमण पु्ष्टि भएको छ ।
विराटनगरस्थित मोरङ सहकारी, न्यूरो र गोल्डेन हस्पिटलमा कार्यरत तीन जना चिकित्सकसहित ११ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । मोरङ सहकारीका ५, गोल्डेनका ३ र न्यूरोका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङ सहकारीका सञ्चालक विकास अधिकारी अनुसार ३ महिला र २ जना पुरूषको रिपोर्ट पोजेटिभ आएको छ । रेडियोलोजीका चिकित्सक, एक्स–रे टेक्निसियन २ जना, काउन्टर कर्मचारी १ जना र एकजना नर्समा संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी गोल्डेनका २ पुरूष र १ महिला तथा न्यूरोका २ महिला र १ पुरूषमा पनि संक्रमण पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । यसैगरी न्युरो अस्पतालका २ जना नर्स र एक जना भिजिटरमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि तत्काल अस्पताल सिल हुने र डिस्इन्फेक्टेड गरिदैं आएको छ । विराट, न्यूरो, कोशी, गोल्डेन र मोरङ सहकारीले अल्पकालिन सेवा बन्द गरिसकेका छन् । बन्द गरेकामध्ये विराट, न्युरो र कोशीले सेवा पुनः सञ्चालनमा ल्याएका छन् भने गोल्डेन र मोरङ सहकारीले बिहीबार सेवा बन्द गरेका छन् ।

कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रका चिकित्सक डा.डेन आचार्य सचेत हुनुपर्छ भनेर सरकारले जारि गरेको सुचनालाई पालना नगर्दा जोखिम बढ्दै गएको बताउनुहुन्छ । उहाँले प्रत्येक नागरिक स्वअनुशान भए मात्रै कोरोनाबाट जोगिन सकिने दावी गर्नुहुन्छ । सरकारले मात्रै संंभव हुन्न अब, हामीले के गरिरहेका छौं भन्ने कुरा यकिन गर्नुपर्ने डाक्टर डेनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्